
लन्डन । बेलायतको अल्डरसटमा विगत ९ वर्षदेखि बस्दै आउनुभएका समाजसेवी डा.विशाल गुरुङ वेलिङटन वार्डमा काउन्सिलर पदको उम्मेदवार बन्नुभएको छ ।
गुरुङ कन्जर्भेटिभ पार्टीको तर्फबाट वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवार बन्नुभएको हो । ‘नेपालको स्याङ्जा जिल्ला घर भई करिब ९ वर्षदेखि बेलायतलाई कर्मथलो बनाएर अल्डरसटमा बस्दै आएको छु । यहाँ बस्दै गर्दा कहिलेकाहीं काउन्सिल र स्थानीय निकायका प्रतिनिधिहरूसँग भेट्ने मौका पाउँदा, हाम्रो समाज र यहाँका निकायहरूबीच अझ सहकार्य गर्न सकिने धेरै सम्भावना रहेको महसुस भयो,’ उहाँले भन्नुभयो । अब त्यो सहकार्यलाई अझ बलियो बनाउन, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै हाम्रो अल्डरसटलाई अझ सुन्दर; विभिन्न रङका फूलहरूले बुनेको माला जस्तै बनाउनका लागि म कन्जर्भेटिभ पार्टीको तर्फबाट वेल्लिन्टन वार्डको काउन्सिलर पदमा उम्मेदवार बनेको छु ।’
उहाँले वेलिङटन वार्डमा बसोबास गर्ने बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आगामी चुनावमा आफूलाई भोट दिई भारी मतले विजयी गराइदिन फेसबुकमार्फत अनुरोध गर्नुभएको छ ।
नेपाली समाज र बेलायतका निकायहरूबीच अझ सहकार्य गर्न, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै अल्डरसटलाई अझ सुन्दर बनाउने उद्देश्यअनुरुप आफू काउन्सिलर उम्मेदवार बनेको उनले प्रस्ट पार्नुभएको छ ।
डा. गुरुङ तमु धीं यूकेको महासचिव,ग्रेटर रसमूर नेप्लिज कम्यनिटी यूकेको उपाध्यक्षलगायत विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला