
लन्डन । बेलायतको अल्डरसटमा विगत ९ वर्षदेखि बस्दै आउनुभएका समाजसेवी डा.विशाल गुरुङ वेलिङटन वार्डमा काउन्सिलर पदको उम्मेदवार बन्नुभएको छ ।
गुरुङ कन्जर्भेटिभ पार्टीको तर्फबाट वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवार बन्नुभएको हो । ‘नेपालको स्याङ्जा जिल्ला घर भई करिब ९ वर्षदेखि बेलायतलाई कर्मथलो बनाएर अल्डरसटमा बस्दै आएको छु । यहाँ बस्दै गर्दा कहिलेकाहीं काउन्सिल र स्थानीय निकायका प्रतिनिधिहरूसँग भेट्ने मौका पाउँदा, हाम्रो समाज र यहाँका निकायहरूबीच अझ सहकार्य गर्न सकिने धेरै सम्भावना रहेको महसुस भयो,’ उहाँले भन्नुभयो । अब त्यो सहकार्यलाई अझ बलियो बनाउन, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै हाम्रो अल्डरसटलाई अझ सुन्दर; विभिन्न रङका फूलहरूले बुनेको माला जस्तै बनाउनका लागि म कन्जर्भेटिभ पार्टीको तर्फबाट वेल्लिन्टन वार्डको काउन्सिलर पदमा उम्मेदवार बनेको छु ।’
उहाँले वेलिङटन वार्डमा बसोबास गर्ने बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आगामी चुनावमा आफूलाई भोट दिई भारी मतले विजयी गराइदिन फेसबुकमार्फत अनुरोध गर्नुभएको छ ।
नेपाली समाज र बेलायतका निकायहरूबीच अझ सहकार्य गर्न, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै अल्डरसटलाई अझ सुन्दर बनाउने उद्देश्यअनुरुप आफू काउन्सिलर उम्मेदवार बनेको उनले प्रस्ट पार्नुभएको छ ।
डा. गुरुङ तमु धीं यूकेको महासचिव,ग्रेटर रसमूर नेप्लिज कम्यनिटी यूकेको उपाध्यक्षलगायत विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते