
लन्डन । बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी २६ वर्षीय योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ ।
स्वर्गीय योमनका बुवा शेर बहादुर चन्द तथा आमा ओइली चन्दले आफ्नो छोराको मुख हेर्न शव नेपाल नै पठाइदिन अनुरोध गरेपछि सहयोग संकलन अभियान सुरु गरिएको हो । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले यो मानवीय कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
बिहीबार बन्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङलगायत पदाधिकारी र स्वर्गीय योमनका साथी तथा नातेदार समेतको उपस्थितिमा योमनका बुवा आमासँग सम्पर्क गरी नेपाली समुदायले सहयोग संकलन गरी शव नेपाल पठाउन पहल गर्ने निर्णय गरेको थियो ।
बैठकले ‘वन विन्डो’ प्रक्रियाबाट सहयोग संकलन गरी शव नेपाल पठाउने कामको संयोजन तथा अनुगमन गर्न एनआरएनए यूकेका अध्यक्ष पुडासैनी, बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग, उपाध्यक्ष मुरारी थापा, कम्युनिटी हेल्थ एण्ड वेलबीइङ कोअर्डिनेटर सुष्मा गुरुङ, मृतकका भाइ (फुपूको छोरा) सुजन शाह, बहिनी सोनम रावत, साथीहरु मनोज कुँवर तथा प्रमिला नेपाली सम्मिलित एक समिति पनि गठन गरेको छ ।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमनको गत मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि चन्द बेलायत आएका थिए । शव अहिले नर्थवीक पार्क हस्पिटलमा राखिएको छ ।
समितिले यो ‘गो फन्ड मि’ लिंकमा गएर सक्दो सहयोग गर्न बेलायतस्थित नेपाली संघसंस्था तथा सबै नेपालीलाई अनुरोध गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते