
लन्डन । बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी २६ वर्षीय योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ ।
स्वर्गीय योमनका बुवा शेर बहादुर चन्द तथा आमा ओइली चन्दले आफ्नो छोराको मुख हेर्न शव नेपाल नै पठाइदिन अनुरोध गरेपछि सहयोग संकलन अभियान सुरु गरिएको हो । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले यो मानवीय कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
बिहीबार बन्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङलगायत पदाधिकारी र स्वर्गीय योमनका साथी तथा नातेदार समेतको उपस्थितिमा योमनका बुवा आमासँग सम्पर्क गरी नेपाली समुदायले सहयोग संकलन गरी शव नेपाल पठाउन पहल गर्ने निर्णय गरेको थियो ।
बैठकले ‘वन विन्डो’ प्रक्रियाबाट सहयोग संकलन गरी शव नेपाल पठाउने कामको संयोजन तथा अनुगमन गर्न एनआरएनए यूकेका अध्यक्ष पुडासैनी, बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग, उपाध्यक्ष मुरारी थापा, कम्युनिटी हेल्थ एण्ड वेलबीइङ कोअर्डिनेटर सुष्मा गुरुङ, मृतकका भाइ (फुपूको छोरा) सुजन शाह, बहिनी सोनम रावत, साथीहरु मनोज कुँवर तथा प्रमिला नेपाली सम्मिलित एक समिति पनि गठन गरेको छ ।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमनको गत मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि चन्द बेलायत आएका थिए । शव अहिले नर्थवीक पार्क हस्पिटलमा राखिएको छ ।
समितिले यो ‘गो फन्ड मि’ लिंकमा गएर सक्दो सहयोग गर्न बेलायतस्थित नेपाली संघसंस्था तथा सबै नेपालीलाई अनुरोध गरेको छ ।
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
युक्रेनलाई तत्काल युद्धविराम गर्न जी–७ को आह्वान
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन