
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आर्टिफिसियल इन्टेलिजेन्स(एआई), ‘क्वान्टम कम्प्युटिङ’ र आणविक ऊर्जामा सहयोग सुदृढ गर्न बिहीबार औपचारिक रूपमा प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् ।
“यो बेलायतको इतिहासमा यस प्रकारको सबैभन्दा ठूलो लगानी प्याकेज हो,” ट्रम्पको बेलायत भ्रमणका क्रममा आफ्नो निवास चेकर्समा स्टार्मरले भन्नुभयो। ट्रम्पको भ्रमणले अधिकांश अमेरिकी प्रविधि कम्पनी र वित्तीय समूहहरूले बेलायतमा केही वर्षमा संयुक्त रूपमा १५० अर्ब पाउन्ड (२०५ अर्ब डलर) लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी कम्पनीहरूले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर) को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपरकम्प्युटर परियोजना छ ।
डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गरेका थिए तर इस्पात–एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क शून्यमा झार्ने वाचा अझै पुरा भएको छैन ।
यसअघि, बुधबार विन्डसर क्यासलमा राजा चाल्र्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गर्नुभएको थियो ।
बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाएका थिए ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान