
काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री नियुक्त हुनुभएको छ ।
आन्दोलनकारी जेनजीसँगको परामर्शपछि प्रधानमन्त्री सुशीला कार्कीले आइतबार खनाल, घिसिङ र अर्याललाई नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीत्रयले सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र अर्याललाई गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिनुहुन्छ । जेनजी आन्दोलनपछि आन्दोलनको मागलाई निष्कर्षमा पुर्याउन अधिवक्ता अर्यालले भूमिका खेल्नुभएको छ ।
जेनजी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुनुभएको हो ।
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो