
लन्डन । तेस्रोलिङ्गीका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एमी पुरस्कार विजेता हास्यव्यङ्ग्य लेखकको गिरफ्तारीले बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको विषयमा विवाद चर्किएको छ ।
सन् १९९० को दशकको चर्चित प्रहसन ‘फादर टेड’का सह–निर्माता आयरल्यान्डका लेखक ग्राहम लाइनहानलाई लण्डनको हिथ्रो विमानस्थलमा पाँच जना सशस्त्र प्रहरीको टोलीले सोमबार पक्राउ गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी नाइजेल फराजले बुधबार क्यापिटोल हिलमा कंग्रेसलाई प्रमाण पेश गर्दै यो मुद्दा छलफलमा ल्याउनुभएको छ ।
लण्डनको महानगरीय प्रहरीका अनुसार सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टका कारण हिंसा भड्काएको आशङ्कामा अमेरिकाबाट उडानमा आएका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको छ। प्रहरीले पोष्टका सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमानस्थलमा खटिएका अधिकारीहरूले बन्दुक बोक्नु सामान्य कुरा हो। पक्राउको समयमा कुनै पनि बिन्दुमा यी उठाइएको वा प्रयोग गरिएको थिएन।
गिरफ्तारीले फेरि एकपटक बेलायतको अभिव्यक्ति स्वतन्त्रता कानूनमा ध्यान केन्द्रित गरेको छ । ह्यारी पोटरकी सर्जक जेके रोलिङले लाइनहानको गिरफ्तारीलाई ‘नितान्त निन्दनीय’ र ‘अधिनायकवाद’ को संज्ञा दिनुभएको छ । प्रविधि अर्बपति तथा एक्सका मालिक एलन मस्कले बेलायत ‘प्रहरी राज्य’ भएको संक्षिप्त तर कडा प्रतिक्रिया जनाउनुभएको छ ।
बेलायतको ग्रीन पार्टीका नयाँ नेता ज्याक पोलान्स्कीले उक्त गिरफ्तारीलाई ‘समानुपातिक’ भन्दै बचाउ गरे पनि ती अधिकारीहरू किन सशस्त्र थिए भन्ने आफूलाई थाहा नभएको बताएका छन्। हालै बेलायतमा अभियान समूह प्यालेस्टाइन एक्सनलाई समर्थन गरेको आरोपमा सयौँ व्यक्ति पक्राउ परेपछि अभिव्यक्ति स्वतन्त्रताको चर्चा चुलिएको छ । बेलायतको एक एयरबेसमा आक्रमण गरी विमानमा रङ फ्याँकेपछि आतङ्ककारी समूहका रूपमा यसलाई प्रतिबन्ध लगाइएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री केइर स्टार्मरसँग यो विषय उठाउनुभएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला