
लन्डन । तेस्रोलिङ्गीका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एमी पुरस्कार विजेता हास्यव्यङ्ग्य लेखकको गिरफ्तारीले बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको विषयमा विवाद चर्किएको छ ।
सन् १९९० को दशकको चर्चित प्रहसन ‘फादर टेड’का सह–निर्माता आयरल्यान्डका लेखक ग्राहम लाइनहानलाई लण्डनको हिथ्रो विमानस्थलमा पाँच जना सशस्त्र प्रहरीको टोलीले सोमबार पक्राउ गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी नाइजेल फराजले बुधबार क्यापिटोल हिलमा कंग्रेसलाई प्रमाण पेश गर्दै यो मुद्दा छलफलमा ल्याउनुभएको छ ।
लण्डनको महानगरीय प्रहरीका अनुसार सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टका कारण हिंसा भड्काएको आशङ्कामा अमेरिकाबाट उडानमा आएका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको छ। प्रहरीले पोष्टका सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमानस्थलमा खटिएका अधिकारीहरूले बन्दुक बोक्नु सामान्य कुरा हो। पक्राउको समयमा कुनै पनि बिन्दुमा यी उठाइएको वा प्रयोग गरिएको थिएन।
गिरफ्तारीले फेरि एकपटक बेलायतको अभिव्यक्ति स्वतन्त्रता कानूनमा ध्यान केन्द्रित गरेको छ । ह्यारी पोटरकी सर्जक जेके रोलिङले लाइनहानको गिरफ्तारीलाई ‘नितान्त निन्दनीय’ र ‘अधिनायकवाद’ को संज्ञा दिनुभएको छ । प्रविधि अर्बपति तथा एक्सका मालिक एलन मस्कले बेलायत ‘प्रहरी राज्य’ भएको संक्षिप्त तर कडा प्रतिक्रिया जनाउनुभएको छ ।
बेलायतको ग्रीन पार्टीका नयाँ नेता ज्याक पोलान्स्कीले उक्त गिरफ्तारीलाई ‘समानुपातिक’ भन्दै बचाउ गरे पनि ती अधिकारीहरू किन सशस्त्र थिए भन्ने आफूलाई थाहा नभएको बताएका छन्। हालै बेलायतमा अभियान समूह प्यालेस्टाइन एक्सनलाई समर्थन गरेको आरोपमा सयौँ व्यक्ति पक्राउ परेपछि अभिव्यक्ति स्वतन्त्रताको चर्चा चुलिएको छ । बेलायतको एक एयरबेसमा आक्रमण गरी विमानमा रङ फ्याँकेपछि आतङ्ककारी समूहका रूपमा यसलाई प्रतिबन्ध लगाइएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री केइर स्टार्मरसँग यो विषय उठाउनुभएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा