लण्डन । गैरआवासीय नेपाली महासंघ युकेको सदस्यता लिने म्याद यही जुलाई ३१ तारिखसम्म तोकिएको छ ।
एनअारएन युकेले जारी गरेको विज्ञप्ति अनुसार सदस्यता नविकरण गर्ने म्याद पनि सोही दिनसम्म तोकिएको छ ।
साे अविधभित्र सदस्यता प्राप्त नगरेका र सदस्यता नविकरण नगरेका सदस्यहरुलाई निर्वाचनमा मतदान गर्ने र उम्मेदवार हुने अधिकार नरहने पनि विज्ञप्तिमा जनाइएको छ ।
सदस्यता प्राप्त गर्नका लागि तोकिएको विवरण सहितको फारम भर्नु पर्ने,एकप्रति फोटो संग्लग्न गर्नुपर्ने सदस्यता शुल्क प्रतिव्यक्ति £१० का दरदे नगद बैंक जम्मा गर्ने वा बैंक ट्रान्ससफर अथवा चेकद्वारा भुक्तानी गर्नु पर्ने बताइएको छ ।
एकै परिवारको मात्र एकमुस्ट रकम बुझाउन सकिने तर नगद बुझाउन नपाइने व्यवस्था गरिएको छ । यसैगरी दुई वर्षभन्दा बढी विदेश (सार्क मुलुकबाहेक)मा बसोवास गरेको र चालु वर्षमा १८२ दिनभन्दा बढी बेलायतमा बसोबास गरेका नेपाली मूलका व्यक्तिले सदस्यताका लागि आवेदन दिन सक्ने बताइएको छ ।
सदस्यताका लागि आवेदन गर्न कम्तिमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा परिचय पत्र र बसोबासको प्रमाण आवेदन फाराम साथ सग्लग्न गर्नुपर्ने छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा