
गण्डकी । तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो देखाएका हुन् ।
ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयासहरू भइरहेको अवस्थामा तमु प्ये ल्हु सङ्घ युकेको टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा तय गरेको सङ्घका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिनुभयो । तमु जातिको पहिचान एवम् अस्तित्वसँग जोडिएको क्व्होलासोथारको महत्व र गरिमालाई अझै उचो बनाउने उद्देश्यसहित ५५ सदस्यीय टोली त्यसतर्फ जान लागेको उहाँले बताउनुभयो ।
टोलीले स्थलगत भ्रमण पश्चात् त्यहाँको अवस्थाबारे चित्रण गर्दै तमु प्येल्हु सङ्घ केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्ने सङ्घ युकेका सचिव भेग गुरुङले जानकारी दिनुभयो । क्व्होलासोथारलाई पुर्खाहरूले क्होला सोँप्रे ट्होका नाममा पनि लिने गरेका बताउँदै उहाँले प्राचीन मौलिकताको उजागर गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
कास्की र लमजुङको सिमानामा रहेको क्होला सोँप्रे ट्हो तमु धर्मगुरुहरूले वाचन गर्ने गरेका बोँन धार्मिक ग्रन्थमा उल्लेख भएको जानकारी दिँदै सचिव गुरुङले सन् २००० मा क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व विभागद्वारा यसस्थलका बारेमा जानकारी लिन पहिलोपटक उत्खनन सुरु गरे पनि त्यसले अन्तिम रुप प्राप्त गर्न नसकेको बताउनुभयो ।
क्व्होलासोथारको ऐतिहासिकता र महत्वलाई उजागर गर्नका लागि सुरु गरिने भ्रमणका क्रममा प्राप्त भएका जानकारी, विवरणलाई प्रतिवेदन बनाइ ती प्रतिवेदन एकिकृत गरी यस क्षेत्रको प्रवर्द्धन र विकासका लागि योजनासहित सरोकार भएका निकायहरूको ध्यानाकर्षण गराइने सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले बताउनुभयो ।
सङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर गुरुङले क्व्होलासोथारको संरक्षणसँगै प्रचारप्रसार र प्रवर्द्धन गर्न सकिएमा नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । हालै तमु प्ये ल्हु सङ्घ हङकङको टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गरी फर्किसकेको छ ।
गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने क्व्होलासोथार गाउँपालिका उत्तर-पूर्वमा मर्स्याङ्दी गाउँपालिका, पश्चिममा कास्कीको सिमाना, दक्षिण-पूर्वमा बेँसीसहर नगरपालिका र दक्षिण-पश्चिममा मध्यनेपाल गाउँपालिकाको बीचमा अवस्थित छ ।
क्व्होलासोथार गाउँपालिकामा पर्यटकीय सम्भावना बोकेका, प्राकृतिक सुन्दरताले भरिएका क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु जरुरी रहेको सङ्घको भनाइ छ । क्व्होलासोथारबाट देखिने हिमाली श्रृङ्खलाको आकर्षणका साथै यहाँ रहेका ऐतिहासिक र पुरातत्विक सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा सङ्घले जोड दिएको छ ।
तमु प्ये ल्हु सङ्घ युकेको नेतृत्वमा ५५ सदस्यीय टोली आइतबारदेखि क्व्होलोसोथारको भ्रमणमा
को हुन् बेलायतमा रहेकी अनिता राना मगर ?
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो