
लन्डन । इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अप्रिल ११ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको सातौं अधिवेशनले धनबहादुर राईको नेतृत्वमा आगामी तीन वर्षका नयाँ कार्यसमिति चगन गरेको हो । धनबहादुर राई यसअघि उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
नवगठित कार्यसमिति उपाध्यक्षमा कृष्णवीर तामाङ र मेजर नवल किरण याक्खा, महिला उपाध्यक्ष मिना गुरुङ, महासचिव चोक गुरुङ, सचिव इन्द्रबहादुर राई, कोषाध्यक्ष डम्बर राई तथा सह–कोषाध्यक्ष धन अशोक राई चुनिनुभएको छ ।
यस्तै खेल संयोजक लेखराज राई,जनसम्पर्क/मिडिया संयोजक प्रेमबहादुर राई चयन भएको निर्वाचिन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिकी संयोजक प्रमिला लाबुङ राईले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि संस्थाका पूर्वअध्यक्ष प्रमिला लाबुङ राईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा रमेश बुर्जा सदस्य सचिव र मानबहादुर राई सदस्य रहनुभएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टेकवीर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष धनबहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
यसअघि उद्घाटन सत्र अध्यक्ष टेकबीर राईको अध्यक्षता र महासचिव याम कमल गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष धनबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो । पूर्वअध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा महासचिव याम कमल गुरुङले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलपछि दुवै प्रतिवेदन पारित गभएको इलाम समाज बेलायतले जनाएको छ ।

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन