
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा अधिवक्ता डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त हुनुभएको छ ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उहाँलाई आइतबार नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हो । उहाँ रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी हुनुहुन्थ्यो । बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’मा विद्यावारिधि गर्नुभएको छ । उहाँले विद्यावारिधि बेलायतको क्विन्स विश्वविद्यालयबाट गर्नुभएको हो ।
नवनियुक्त महान्याधिवक्ता डा कँडेललाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते