
लन्डन । नेपालका वरिष्ठ हृदय रोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ ।
के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्याउने उद्देश्यले आउँदो अप्रिल १८ शनिबार च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम लन्डन ह्यारोस्थित ब्लु रुम स्पोर्ट्समा बेलुका ५:३० बजेदेखि हुने छ ।
कार्यक्रमले समर्थक, दाता तथा शुभेच्छुकहरूलाई एकै ठाउँमा ल्याई बालबालिकाका लागि अत्यावश्यक स्वास्थ्य सेवा (जस्तै, गम्भीर उपचार, विशिष्टीकृत सेवा तथा आवश्यक परिवारहरूलाई सहयोग) मजबुत बनाउन आवश्यक रकम संकलन गर्ने लक्ष्य राखेको छ ।
सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) ले नेपालभरका बालबालिकाका लागि समग्र तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। इन्स्टिच्युटले गुणस्तरीय मात्र होइन, सुलभ, पहुँचयोग्य र उपलब्ध स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्य राखेको छ । नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा इन्स्टिच्युटलाई सहयोग गर्ने लक्ष्यसहित के पाल्स यूके स्थापना गरिएको हो ।
च्यारिटी इभेन्टबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किओचका अध्यक्ष डा.भगवान कोइरालाले नेपालमा बालबालिकाका लागि पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अभियानमा के–पाल्स यूकेजस्ता संस्थाहरूको सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको छ। उहाँले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा दमकमा संचालित अस्पातलले गएको तीन वर्षमा २१५,००० भन्दा बढी बालबालिकाको उपचार गरि सकेको जान कारी दिँदै उक्त अस्पताल तथा काठमाडौँ स्थित विशिष्टिकृत अस्पतालको निर्माण र संचालन मा सहयोग गर्ने नेपाली डायस्पोरा तथा संघ संस्था लाई विशेष धन्यवाद दिनुभयो ।
के–पाल्स यूकेकी ट्रष्टी प्रसुना कँडेलले संचालन गरेको कार्यक्रममा के–पाल्स यूकेका ट्रष्टीहरु प्रा डा सत्यन राजभण्डारी, डा रमेश कोजु तथा शिवजी श्रेष्ठले च्यारिटी डिनरबाट संकलित रकम किओचले बालबालिकाका लागि सेवा विस्तार तथा सुधारका लागि सञ्चालन गरिरहेको प्रयासमा उपयोग गरिने जनाउनुभयो ।
के–पाल्स यूकेले सबै समर्थक, साझेदार तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई बालबालिका र तिनका परिवारहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिन आह्वान गरेको छ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते