
बेइजिङ । चीनका विदेशमन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताउनुभएको छ ।
उहाँले मध्यपूर्वमा युद्धविरामको आह्वान गर्नुभएको छ । बेइजिङ इरानको साझेदार हो, जसलाई गत महिनादेखि अमेरिका–इजरायली आक्रमणको निशाना बनाइएको छ, तर उसले अमेरिकी सैन्य अखडाहरू रहेका खाडी राष्ट्रहरूविरुद्ध तेहरानले गरेको आक्रमणको पनि आलोचना गर्दै आएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले बेलायती विदेशमन्त्री यवेट्टे कुपरलाई आफूहरूले शान्तिका लागि निरन्तर कदम चाल्नुपर्ने बताउनुभएको छ।
‘अन्तर्राष्ट्रिय व्यवस्थामा थप क्षति र विश्व शान्तिको जगको क्षय हुनबाट रोक्न’ आफुहरू मिलेर काम गर्नुपर्छ,” वाङले कूपरसँग भन्नुभयो । वाङले भन्नुभयो, “लामो द्वन्द्वले कोही विजेता हुन सक्दैन ।”
युद्ध सुरु भएयता बेलायतको पहिलो मन्त्रीस्तरीय भ्रमणका क्रममा कुपरले गत साता साउदी अरबको भ्रमण गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्वमा बेलायतको समर्थन नरहेको भन्दै प्रधानमन्त्री केइर स्टार्मरसँग दुःखेसो पोख्नुभएको थियो ।
बेलायतका विदेशमन्त्री कपुरले सोमबार बेलायतले आफू र आफ्ना सहयोगीहरूको रक्षाका लागि आवश्यक कदम चालेको तर बृहत् युद्धमा नतानिने बताउनुभएको थियो ।
स्टार्मरले भन्नुभयो, “बेलायतले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नको लागि ‘व्यावहारिक’ योजनाको लागि सहयोगीहरूसँग काम गरिरहेको छ, तर त्यहाँ नेटो मिशनको प्रयोगलाई अस्वीकार गर्नुभयो ।
बेइजिङले बिहीबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख अलि लारीजानीको इजरायली हवाई आक्रमणमा भएको घटनाको निन्दा गरेको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव