
लन्डन । बेलायतमा ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
रस्मूर बरो काउन्सिलसँगको सहकार्माय शनिबार ७ मार्च २०२६ मा अल्डरसटस्थित द प्यालेसमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिइन् । उनले पहिलो पटक स्थानीय रस्मूर बरो काउन्सिलको सहयोग र सहकार्यमा नारी दिवस मनाउन पाएकोमा अत्यन्त गर्व महसुस भएको बताइन् । उनले कार्यक्रम सफल र ऐतिहासिक बनेको बताइन् ।
प्रमुख अतिथि रश्मूरका मेयर क्यालम स्टुअर्ट, जीआरएनसीकी अध्यक्ष लीला सेलिङ माबो,उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता राईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि सांसद एलेक्स बेकरलगायतको उपस्थितिमा केकसमेत काटिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञले मानसिक स्वास्थ्य, घरेलु हिंसाको न्यूनीकरण, बाल सुरक्षा र अपराध नियन्त्रणजस्ता गम्भीर सामाजिक मुद्दाहरूमा विशेष प्रस्तुति दिएका थिए । सामाजिक सचेतनाका साथै मनोरञ्जनका पक्षलाई पनि प्राथमिकता दिँदै बालबालिकाका लागि विभिन्न खेलकुद, सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति र राफल ड्र जस्ता गतिविधिहरू पनि सञ्चालन गरिएको संस्थाका सचिव प्रजेष श्रेष्ठले बताए ।
यस वर्ष ‘गिभ टु गेन’ नारासहित मनाइएको कार्यक्रममा प्रमुख अतिथि रश्मूरका मेयर क्यालम स्टुअर्ट र विशेष अतिथिको रुपमा सांसद एलेक्स बेकर उपस्थित थिइन् । त्यस्तै डेपुटी लिडर तथा काउन्सिलर सोफी पोर्टर, काउन्टी काउन्सिलर एलेक्स क्रफोर्ड, जेनिफर इभान, पूर्वमेयर मारा माकुनुरा, वर्तमान र पूर्वकाउन्सिलरहरू,नेपाली र गैरनेपाली समुदायबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई विगतभन्दा फरक र थप समावेशी बनाउने उद्देश्यले यस वर्ष नेपाली, मुस्लिम, श्वेत र अश्वेत समुदायका प्रतिनिधिहरूका साथै युवा पुस्ताको समेत सक्रिय सहभागिता गराइएको जीआरएनसीकी अध्यक्ष माबोले बताइन् ।

कार्यक्रममा जीआरएनसीकी उपाध्यक्ष अनिता राईले संयोजन र प्रोजेक्ट म्यानेजर सुशीला थापाले सहसंयोजन गरेकी थिइन् ।
कार्यक्रमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष, स्यान्डहर्स्ट नेपाली कम्युनिटी महिला संयोजक, बेसिङस्टोक नेपाली कम्युनिटी उपाध्यक्ष, किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष, तमु धीं यूके अध्यक्ष तथा तमु धीं आमा समूह अध्यक्ष, किरात राई यायोक्खा यूके उपाध्यक्ष, सेवारो कलाकार संघ यूके अध्यक्ष, युनाइटेड ह्याम्पशायर एण्ड सर्रे मगर संघ शाखा अध्यक्ष, लमजुङ समाज यूके अध्यक्ष, शिव कल्चरल कम्युनिटी सेन्टर अध्यक्ष, गोर्खा आमा समूह एम्पायर अध्यक्ष, फर्स्ट गोर्खा आमा समूह, एसियन महिला एसोसिएसन अध्यक्ष, मगर युथ तथा नेपाली ड्राइभिङ इन्स्ट्रक्टर यूके अध्यक्ष, पाँचथर समाज सेवा यूके अध्यक्ष, पासा पुचः गुठी एल्डरशट अध्यक्षलगायत धेरै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
साथै डाक्टरहरू, लेखकहरू, खेलाडीहरू, सामाजिक अभियन्ताहरू, कलाकारहरू, अतिथि वक्ताहरू र कार्यक्रम प्रस्तुतकर्ताहरूलाई पनि अध्यक्ष सेलिङले कार्यक्रमलाई अर्थपूर्ण र प्रेरणादायी बनाउन महत्वपूर्ण योगदान दिएकोमा धन्यवाद दिएकी छन् ।
जीआरएनसीकी कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिता राई, सहसंयोजक तथा परियोजना व्यवस्थापक सुशीला थापा, मीना गुरुङ, सवित्री राई, ज्ञान गुरुङ, सीमा श्रेष्ठ, बिपना थापा, प्रेमिला तामाङ र सुभानी रानालाई पनि धन्यवाद दिइन् ।
यसैगरी पूर्वअध्यक्ष ओम थापा काउचा, ट्रस्टी लिड क्याप्टेन (सेवानिवृत्त) ग्यारी घले, उपाध्यक्ष उत्तरबहादुर गुरुङ, उपाध्यक्ष डा. विशाल गुरुङ, सचिव प्रजेश श्रेष्ठ, काउन्सिलर धन सार्की तथा सल्लाहकारहरू चन्द्र सुन्दास, छविमाया पुन, पूर्णराज गुरुङ, ऋषिराम राना र क्याप्टेन (सेवानिवृत्त) तम ढेंगा, कार्यसमिति, सल्लाहकारहरू, ट्रस्टीहरू, पूर्वअध्यक्षहरू तथा सहयोगीलगायत पनि उपस्थित थिए ।
अन्त्यमा अध्यक्ष माबोले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आउँदो अप्रिल १२ मा अल्डरसटस्थित एम्पायर हलमा हुने नेपाली नयाँ वर्ष कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरेकी थिइन् । पानी, चियापान र हलको उपलब्ध काउन्सिलले गरेको समेत अध्यक्ष माबोले जानकारी दिइन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला