
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा महिला उपाध्यक्ष पदका लागि राधिका (टिका) गुरुङले उम्मेदवारी दिनुहुने भएको छ ।
मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महिला उपाध्यक्ष पदमा उम्मेदवार दिने गुरुङले घोषणा गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै गुरुङले लेख्नुभएको छ, ‘नारीशक्तिमा गर्व गर्दै मैले आज यस शुभ दिन र शुभ साइतमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १२औँ अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय लिएकी छु। विश्वभर रहनु हुने एनआरएनए अभियन्ताहरूको सल्लाह, साथ र समर्थनको लागि विनम्र अनुरोध गर्दछु।’
गुरुङ सन् २००६ देखि २०२५ सम्म संघका विभिन्न पदमा सक्रिय रहँदै आउनुभएको छ । यस अवधिमा उहाँ २००६–२००९ मा पञ्जीकृत सदस्य, २००९–२०११ मा एनसीसी हङकङ कार्यसमिति सदस्य, २०११–२०१३ मा एनसीसी हङकङ कोषाध्यक्ष तथा महिला संयोजक, २०१३–२०१५ मा उपाध्यक्ष, २०१५–२०१७ मा अध्यक्ष पदकी प्रत्याशी, २०१७–२०१९ मा अध्यक्ष, २०१९–२०२१ मा पुनः अध्यक्ष र २०२१–२०२५ मा एनआरएनए आईसीसीको महिला सचिव तथा विभिन्न समितिका संयोजकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
गुरुङले महिला नेतृत्वको महत्वबारे औँल्याउँदै महिला उपाध्यक्ष पद केवल प्रतिनिधित्वको विषय नभई दृष्टिकोण, संवेदनशीलता र समावेशीताको सशक्त आवाज भएको बताउनुभएको छ । संस्थाभित्र देखिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै पारदर्शिता, जवाफदेहिता र आपसी विश्वासका आधारमा संघलाई अझ सशक्त र समावेशी बनाउने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ छ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]