
काठमाडौं । सहारा यूकेले कास्की, गोरखा र सिन्धुपाल्चोकका तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।
विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ३ लाख रुपैयाँका दरले हरेक विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । संस्थाका अध्यक्ष शारदा गुरुङको नेतृत्वमा पूर्वअध्यक्ष मीनबहादुर गुरुङ, लेरि कुशाङ गुरुङलगायत बेलायतबाट नेपाल आएको टोलीले केही दिनअघि विद्यालयहरुलाई अक्षयकोष हस्तान्तरण गर्नुभएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङस्थित सरस्वति आधारभूत विद्यालय, गोरखाको आरुघाट गाउँपालिका–१ धुन्चेतस्थित गणेश आधारभूत विद्यालय र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङस्थित हैबुङ महादेवस्थान माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको पूर्वअध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।

सरस्वति आधारभूत विद्यालयमा विद्यालयका प्रधानाध्यापक शान्ति तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर तामाङलगायतलाई रकम हस्तान्तरण गरिएको छ । गणेश आधारभूत विद्यालयका लागि प्रधानाध्यापक विमला धमलालाई रकम अस्तान्तरण गरिएको थियो । हैबुङ महादेवस्थान माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम लामा, प्रधानाध्यापक राजकुमार लामिछानेलगायतलाई रकम हस्तान्तरण गरिएको थियो ।
पोखरामा सञ्चालित आहा–रारा गोल्ड कपको अवसर पारेर बेलायतबाट आएका साहारा यूकेको सिंगो टीमले विद्यालयलाई रकम हस्तान्तरण गरेका थिए । सहारा यूकेले २०७२ को महाभूकम्पपछि क्षति पुगेका तिनवटै विद्यालयको पुनःनिर्माणका लागि सहयोग गरेको थियो ।
यसअघि भूकम्पले क्षतिग्रस्त विद्यालयमा अहिले पनि साहारा यूकेले सहयोग गरेको पूर्वअध्यक्ष गुरुङले बताउनुभयो ।



वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते