
लन्डन । ‘ब्रेक्जिट’ को बिषयमा निर्णय लिन भएको जनमत संग्रहको १० वर्षपछि बेलायत र युरोपेली सङ्घले बढ्दो अस्थिर विश्वमा आफ्नो स्थान मजबुत पार्नुपर्ने शनिबार यस क्षेत्रका नेताहरूले बताएका छन् ।
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले म्युनिख सुरक्षा सम्मेलनमा युरोप र बेलायतले हाम्रो लोकतन्त्रको रक्षार्थ ’सुरक्षा र अर्थतन्त्रमा’ अझ नजिकबाट सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
“युरोप र विशेष गरी बेलायत एक साथ अघि बढ्नुपर्छ । ब्रेक्जिटपछि १० वर्ष बितिसक्दा पनि हाम्रो भविष्य पहिलेभन्दा भिन्न नभएको बरू उस्तै वा अझ विग्रिएको अवस्थामा रहेको छ,” उहाँले म्युनिख सुरक्षा सम्मेलनमा भन्नुभयो ।
सम्मेलनमा बेलायती नेता केइर स्टार्मरले पनि उहाँको भनाइलाई समर्थन गर्नुभएको थियो । “हामी दोबाटोमा छैनौँ । अगाडिको बाटो सीधा छ र यो स्पष्ट छ। हामीले हाम्रो मजबुत शक्ति निर्माण गर्नुपर्छ, किनकि यो युगको मुद्रा हो,” उहाँले भन्नुभयो ।
“हामी आक्रामकतालाई रोक्न सक्षम हुनुपर्दछ र आवश्यक भएमा हामी युद्धको सामना गर्न तयार बन्नुपर्छ,” उहाँले भन्नुभयो । “युरोपभरि एक साझा औद्योगिक आधार निर्माणको लागि आह्वान गर्दछ जसले हाम्रो रक्षा उत्पादनलाई गति दिन सक्छ र ‘हाम्रो शक्ति गुणा गर्न सक्छ’।
शुक्रबार नेटो प्रमुख मार्क रुटले भन्नुभयो, “शक्तिशाली नेटोसँगै युरोप बलियो हुनुको अर्थ ट्रान्सएटलान्टिक बन्धन पहिलेभन्दा बलियो हुनेछ ।”
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भन्नुभयो, “यो युरोपलाई शक्तिशाली बनाउने सही समय हो, जसले ‘सुरक्षाको आफ्नै वास्तुकला निर्माण गर्नेछ’।”
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते