
नयाँदिल्ली । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देशभर शोकको लहर फैलिएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उहाँसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । उहाँले बारामती क्षेत्रको विकासमा अजित पवारको ठूलो योगदान रहेको स्मरण गर्दै उहाँ साहसी र प्रतिबद्ध नेता भएको उल्लेख गर्नुभयो ।
शिवसेना (युबिटी) कै सांसद प्रियङ्का चतुर्वेदीले पनि यस समाचारलाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव स्मरण गर्नुभयो । उहाँले पवार परिवारका सबै सदस्य तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गर्नुभयो । बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै हुनुहुन्थ्यो ।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उहाँको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा हुनुहुन्थ्यो । उहाँ फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता हुनुहुन्थ्यो । पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उहाँले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । उहाँका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार हुनुहुन्छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे