
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले आइतबार १८ जनवरी २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा सार्वजनिक जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एनआरएनएका उपाध्यक्ष प्रमुख अतिथि विश्वासदीप तिगेलाले गैरआवासीय नेपाली समुदायको वर्तमान अवस्था, संगठनको भूमिका तथा आगामी प्राथमिकताका विषयमा विस्तृत धारणा राख्नुभयो ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक तथा भू-राजनीतिक अवस्था र भ्रष्टाचारविरुद्ध ‘सेभ द नेसन, ब्युल्ड द नेसन’ अभियान सञ्चालन गर्ने उद्देश्यले च्यारिटी संस्था दर्ता गरी प्रभावकारी कार्यक्रमहरु विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । अन्तरक्रियात्मक सत्रमा एनआरएनए यूकेका कानुनी सल्लाहकार डा.धर्मराज थापा, वरिष्ठ खगेन्द्र पाठक, पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्री, एनआरएनएका मानार्थ सदस्य शान्ति थापा, प्रमुख संरक्षक डेभिड गुरुङ, गोर्खा हंगर स्ट्राइक क्याम्पेनका अभियन्ता धनबहादुर गुरुङ तथा पुष्प राणा घले, सीएनसीबीजीका अध्यक्ष थर्क राना, गेसोका उपाध्यक्ष धर्म तामाङ, पानसका महासचिव रमेश शाही, एनआरएनएका आईसीसी सदस्यहरु, सल्लाहकारहरु, एसएससी वेल्सका अध्यक्ष दिपक सुब्बा, प्रमुख सल्लाहकार डा.भिम पुनलगायत विभिन्न संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरुले उठाएका जिज्ञासा र सुझावहरुको जवाफ प्रमुख अतिथि तिगेलाले स्पष्ट र व्यवहारिक ढंगले दिनुभएको थियो ।
एनआरएनए यूकेका प्रवक्ता डा.कुलप्रसाद कँडेलका अनुसार यस्ता सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रमहरुले समुदायका आवाज, सरोकार र सुझावहरुलाई संस्थागत तहसम्म प्रभावकारी रुपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको संयोजन उपाध्यक्ष तीर्थ (अनिल) मल्लले गर्नुभएको थियो भने सभा सञ्चालन महासचिव जुरेन्द्र खजुम लिम्बुले गर्नुभएको थियो ।
त्यस्तै, एनआरएनए यूकेका लागि भिडियोग्राफर तथा मिडिया प्रतिनिधिका रुपमा युकेनेपालन्युजका प्रबन्धक पारस थापालाई चयन गरेको एनआरएनए यूकेका प्रवक्ता डा.कुलप्रसाद कँडेलले जानकारी दिनुभयो ।



बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला