
लन्डन । थारु कल्याणकारी सभा यूकेले नयाँ वर्ष २६४९ को स्वागत गर्दै माघी पर्व मनाएको छ ।
लन्डनस्थित होटल हिल्टन गार्डेन इनमा बुधबार एक समारोहबीच माघी पर्व मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको प्रवर्धन गर्न जुटेकामा थारु कल्याणकारी सभा यूकेसँग आबद्ध युवाहरुलाई बधाई र धन्यवाद दिनुभयो । दुवाडीले बेलायतस्थित थारुलगायत सबै समुदायलाई सक्दो सहयोग गर्न दूतावास सधैं तयार रहेको पनि जनाउनुभयो ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले थारु समुदायमाथि ऐतिहासिक रुपमा शोषण र उत्पीडन गरिएको भए पनि अहिले थारु युवाहरु देश, विदेश पुगेर प्रगति गरिरहेको बताउनुभयो ।
बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले राष्ट्र गानमा “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भने झैं विभिन्न जातजाति भाषाभाषी मिलेर नेपाल बनेको बताउनुभयो
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रि क्या डेमबहादुर गुरुङ, किरात राई यायोख्या यूके तथा युरोपका विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा ज्योति, जीना, रत्न, माया, सुष्म, सन्ध्या लगायतका कलाकारले थारु नृत्य प्रदर्शन गरेका थिए भने राकेश चौधरीले गीत सुनाउनुभयो ।
अतिथिहरुलाई टोकन अफ लभ प्रदान गरिनुका साथै चिचर, ढिक्री, हाँसको मासु, तारेको माछा, तिलको लड्डु लगायत थारु परिकारले स्वागत गरिएको थियो।
थारु कल्याणकारी सभा यूकेका अध्यक्ष कवि कुसुम्याले बेलायतमा बसोबास गरिरहेका थारु समुदायका युवाहरुलाई एकजुट गरी थारु भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन गर्न कार्यक्रम आयोजन गरिएको जनाउनुभयो। कार्यक्रम संचालन ओम थारु तथा ज्योति चौधरीले गर्नुभएको थियो ।

इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’