
लन्डन । रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित बेलायती दूतावासका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका छन् । यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ ।
रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले दूतावासका ती कर्मचारीमाथि बेलायती गुप्तचर सेवाका लागि काम गरेको आरोप लगाएको छ । तर एफएसबीले आरोप पुष्टि गर्ने कुनै ठोस प्रमाण सार्वजनिक गरेको छैन ।
रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कूटनीतिज्ञको मान्यता रद्द गरिएको र उहाँले अब दुई हप्ताभित्र देश छोड्नुपर्ने जनाएको छ । यस निर्णयबारे जानकारी दिन मन्त्रालयले रुसमा बेलायतका चार्ज डी’एफेयर्स डाने ढोलकियालाई मस्कोस्थित मुख्यालयमा बोलाएको थियो ।
विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, “रुसमा अघोषित बेलायती गुप्तचर अधिकारीहरूको गतिविधिलाई मस्कोले कदापि सहन सक्तैन ।” साथै, यस विषयमा लन्डनबाट गरिने कुनै पनि कारबाहीको उपयुक्त जवाफ दिने चेतावनी पनि दिइएको छ ।
यस घटनाप्रति बेलायती सरकारबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
सन् २०२२ को फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुस र नाटो सदस्य राष्ट्रहरूबीचको सम्बन्ध शीतयुद्धपछिकै सबैभन्दा तल्लो तहमा पुगेको छ । त्यसयता दुवै पक्षले कूटनीतिज्ञहरूको आपसी निष्कासनका थुप्रै चरणहरू पार गरिसकेका छन् ।
यसअघि पनि मस्कोले सन् २०२५ को मार्च महिनामा जासुसीको आरोप लगाउँदै मस्कोमा कार्यरत दुई जना बेलायती कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । त्यसबेला बेलायतले ती आरोपहरूलाई ‘दुर्भावनापूर्ण र पूर्ण रूपमा आधारहीन’ भन्दै कडा आपत्ति जनाएको थियो ।
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ