नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का २४ सय ९९ केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा मंगलबार आयोजित शपथ समारोहमा ज्येष्ठ नेता एनके प्रसाईँले नेकपाका केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो । शपथलगत्तै प्रसाईँले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई परिचयपत्र हस्तान्तरण गर्नुभएको थियो ।

शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको नेता गंगालाल तुलाधरले बताउनुभयो ।

कात्तिक तेस्रो साता माओवादी केन्द्र, एकीकृत समाजवादीबीच एकता भए पनि मंगलबार समायोजन भएपछि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएका र बाहिर रहेकालाई भर्चुअल माध्यमबाट संयोजक प्रचण्डले केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री