
लन्डन । साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन हुनु भएको छ ।
वुल्भरह्याम्प्टनमा सोमबार सम्पन्न समाजको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि फुँयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । उपाध्यक्षहरु शिव खरेल, सुरेश केसी र गणेश सापकोटा, महासचिव शशांक शर्मा, गोविन्द सापकोटा सचिव, उपेन्द्र सापकोटा कोषाध्यक्ष र सह-कोषाध्यक्ष दिनेश ढकाल चुनिनु भएको छ । उपाध्यक्ष खराल र महासचिव शर्मा पुन: दोहोरिनुभएको हो ।
कार्यसमिति सदस्यहरुमा दशरथ खरेल, निशान्तमान बज्राचार्य, रेवती रमण पाण्डे, राहुलदेव सापकोटा र ईश्वर रिजाल चुनिएको निर्वाचन समितिले जनाएको छ ।
कृष्ण शर्माको नेतृत्वमा शंकर भण्डारी र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो। समिति संयोजक शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष फुँयालले मिडल्यान्डका सबै नेपाली र संघसंस्थालाई साझा नेपाली समाजको एउटै छतामुनि ल्याउनु आफ्नो प्राथमिकता रहने बताउनुभयो ।

समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आवश्यक सहयोग र सहकार्यका लागि आफू सधै तयार रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल सफल र उपलब्धिमूलक बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो ।
बन्दसत्रमा निवर्तमान समितिका महासचिव शर्मा र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। साझा नेपाली समाज यूके मिडल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा प्रतिनिधि संस्था हो । बर्मिङहम, नटिङहम, वुल्भरह्याम्प्टन, लेष्टर, पिटरबरोलगायत मिडल्यान्डका विभिन्न क्षेत्रस्थित नेपाली समाजहरू साझामा आबद्ध छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो