
लन्डन । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ ।
आगलागी बिहीबार बिहान करिब १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको हो । आगो फैलिएपछि मानिसहरूले ज्यान बचाउन झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए ।
वालिस क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार हालसम्म करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको पुष्टि भएको छ । इटालीका स्विट्जरल्यान्डस्थित राजदूतले मृतक सङ्ख्या ४७ पुगेको बताउनुभएको छ, तर स्विस प्रहरीले अन्तिम सङ्ख्या अझै पुष्टि गर्न बाँकी रहेको जनाएको छ ।
स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको अत्यन्तै दुःखद र गम्भीर त्रासदी भन्नुभएको छ । उहाँले पाँच दिनसम्म राष्ट्रिय झण्डा अर्धझुकाइने घोषणा गर्नुभयो ।
प्रारम्भिक अनुसन्धान अनुसार आगलागी कुनै आक्रमणका कारण नभएको प्रहरीले जनाएको छ । केही साक्षीका अनुसार शैम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्छ ।
घाइतेहरूलाई स्विट्जरल्यान्डका विभिन्न अस्पताल तथा छिमेकी देशहरूका विशेष उपचार केन्द्रमा सारिएको छ । घटनामा विदेशी नागरिकहरू पनि परेको आशङ्का गरिएको छ ।
पीडित र उनीहरूका परिवारका लागि सहायता केन्द्र खोलिएको छ । धेरै परिवार अझै आफ्ना आफन्तको खोजीमा रहेका छन् ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण