
लन्डन । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ ।
आगलागी बिहीबार बिहान करिब १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको हो । आगो फैलिएपछि मानिसहरूले ज्यान बचाउन झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए ।
वालिस क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार हालसम्म करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको पुष्टि भएको छ । इटालीका स्विट्जरल्यान्डस्थित राजदूतले मृतक सङ्ख्या ४७ पुगेको बताउनुभएको छ, तर स्विस प्रहरीले अन्तिम सङ्ख्या अझै पुष्टि गर्न बाँकी रहेको जनाएको छ ।
स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको अत्यन्तै दुःखद र गम्भीर त्रासदी भन्नुभएको छ । उहाँले पाँच दिनसम्म राष्ट्रिय झण्डा अर्धझुकाइने घोषणा गर्नुभयो ।
प्रारम्भिक अनुसन्धान अनुसार आगलागी कुनै आक्रमणका कारण नभएको प्रहरीले जनाएको छ । केही साक्षीका अनुसार शैम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्छ ।
घाइतेहरूलाई स्विट्जरल्यान्डका विभिन्न अस्पताल तथा छिमेकी देशहरूका विशेष उपचार केन्द्रमा सारिएको छ । घटनामा विदेशी नागरिकहरू पनि परेको आशङ्का गरिएको छ ।
पीडित र उनीहरूका परिवारका लागि सहायता केन्द्र खोलिएको छ । धेरै परिवार अझै आफ्ना आफन्तको खोजीमा रहेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’