
लन्डन । नेपाली व्यवसायी मोहन गुरुङले बेलायतको प्लमस्टिडमा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालनमा ल्याउनुभएको छ ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको प्लमस्टिडमा आइतबार २१ डिसेम्बर २०२५ मा एक कार्यक्रमबीच स्थानीय सांसद एवं बेलायती प्रधानमन्त्रीकी पार्लियामेन्टरी प्राइभेट सेक्रेटरी अबेना अपोङ्ग असारेको उपस्थितिमा सुपरमार्ट उद्घाटन गरिएको हो । सुपरमार्टका प्रबन्धक मोहन गुरुङ, सञ्चालक प्रनी गुरुङ, भगवान श्रेष्ठ, सिर्जना श्रेष्ठ,गंगा श्रेष्ठ, रासिका श्रेष्ठ र सर्लिन श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर सुपरमार्ट उद्घाटन गर्नुभएको थियो ।
एशियन ओरिएन्टल सुपरमार्टमा विशेषगरी चिनियाँ, जापानी, कोरियन, थाइ, फिलिपिनो, भियतनामी, नेपाली, भारतीय, बंगलादेशी तथा अफ्रिकी समुदायका लागि आवश्यक ग्रोसरी सामग्रीहरू उपलब्ध छन् । साथै अफ–लाइसेन्स सामग्री, मासुजन्य पदार्थ, फ्रोजन फुड, ताजा फलफूल, दूध तथा तरकारीहरू पनि सुपथ मूल्यमा उपलब्ध गराइने छ ।
मार्ट उद्घाटनपछि सांसद असारेले प्लमस्टिड क्षेत्रमा एसियन ओरिएन्टल सुपरमार्ट सञ्चालनमा आउनु स्थानीय समुदायका लागि उपयोगी र स्वागतयोग्य रहेको बताउनुभयो । एशियन सुपरमार्टले स्थानीय समुदायको दैनिकीलाई थप सहज बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
स्थानीय ग्रीनवीच रोयल बरोका पूर्वमेयर काउन्सिलर जीत रानाभाटले एसियन ओरिएन्टल संचालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । उहाँले एशियन सामग्री खरिदका लागि स्थानीय समुदायलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सुपरमार्टका तर्फबाट प्रबन्धक तथा स्थानीय समाजसेवी मोहन गुरुङले प्रमुख अतिथि, विशेष अतिथि तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । समारोहमा साउथ इष्ट रिजनल तमु धींका अध्यक्ष शिवराम गुरुङसहितको टिम, पासा पुचः गुथी यूके अध्यक्ष सुशील प्रजापति, क्याटरिङ व्यवसायी श्याम शेरचनसहित स्थानीय नेपाली समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो ।
एसियन ओरिएन्टल सुपरमार्टका प्रबन्धक मोहन गुरुङले उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण अतिथि, समुदायका प्रतिनिधि तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते