
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमका साथ यही ३० डिसेम्बर २०२५ (२०८२ पुस १५)मा तमु ल्होछार मनाउने भएको छ ।
तमु (गुरुङ)हरुको महान् पर्व तमु ल्होछार अल्डरसटस्थित बीसीसी गुम्बामा आयोजना गर्न लागिएको बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे (सुजन गुरुङ)को विशेष उपस्थिति रहने छ ।
कार्यक्रममा दिप प्रज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, घनचक्र पूजा गरिने बीसीसी यूकेले जनाएको छ । धार्मिक पूजामा टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे, बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम, लोपेन जिग्ने, लामा अखिल, लामा दिनेश, लामा कर्मलगायत अन्य धर्मगुरुहरुको पनि उपस्थिति रहने छ ।
बिहान ८ देखि साँझ ४ बजेसम्म संचालन हुने कार्यक्रममा नयाँ लुंदा फेरिने छ । त्यस्तै, गुम्बाले ग्रहशान्तिका लागि सत्क्यु–पत्क्यु (गेडागुडी), नङ्गलगायतका सामग्री संकलन गरिरहेकोले इच्छुक महानुभावहरुले मंगलबार ३० डिसेम्बरका दिन बिहान ११ बजेभित्र गुम्बामा ल्याइदिन पनि बीसीसी यूकेले अनुरोध गरेको छ ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पुस १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोहीअनुरुप यस वर्ष विश्वभर रहेका गुरुङहरुले सर्प वर्गलाई बिदाई गर्दै घोडा वर्गलाई स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मेजर हितमान गुरुङले बताउनुभयो ।
कार्यक्रममा तमु धीं यूके, मगर संघ यूके, तामाङ सोसाईटी यूके, थकाली समाज यूके, शेर्पा एसोसिएसन यूके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लन्डन ब्रान्च, बीसीसी यूकेका ट्रष्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको छ ।
निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत बीसीसी यूकेले अनुरोध छ ।
ल्होछार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्वअध्यक्ष तथा पूर्वआमा प्रमुखहरु, सल्लाहकारहरूले जिम्मेवारी लिएर काम गरिरहेको संयोजक मेजर गुरुङले जानकारी दिए । साथै, उहाँले धार्मिक पूजापाठका साथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भैदिन हुन बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गर्नुभएको छ ।
बीसीसी यूकेले तमु ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसारलगायतका कार्यक्रममा विशेष पूजापाठहरु गर्दै आएको छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय