
लन्डन । बेलायतमा दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई धरान समाज यूकेले ६ लाख २७ हजारभन्दा बढी सहयोग गरेको छ ।
धरान समाज यूकेका अध्यक्ष निकेश लिम्बु र महासचिव वल्लभ गुरुङले नोभेम्बर ३० मा रिडिङमा एक कार्यक्रमबीच स्वर्गीय युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई ३ हजार ३ सय १० पाउन्ड (६ लाख २७ हजार ४ बराबर) सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
‘एउटा मानवताको नाता, धरानवासी र नेपालीको नाताले हामीले धेरथोर सहयोग गरेका हौं । धरान मात्र नभएर अप्ठेरो परेका नेपालीका लागि सहयोग गर्न हामी सदा तयार हुन्छौं’, अध्यक्ष लिम्बुले भन्नुभयो । उहाँले समस्त चन्दादाताहरुलाई धन्यवादसमेत दिनुभएको छ ।
धरान उपमहानगरपालिका-११ स्थायी घर भएका तामाङको गत १८ अक्टोबरमा इष्ट लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्यापर गेट्सले चलाएको कारको ठक्करबाट मृत्यु भएको थियो । प्रहरीले बताएअनुसार तामाङ सडकमा पैदल हिँडिरहेका बेला बीएमडब्ल्यु कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भएको थियो ।
दुर्घटनापछि चालक गेट्स घटनास्थलबाट फरार भएका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै