
लन्डन । नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले आगामी निर्वाचनमा बेलायतमै मतदानको व्यवस्था गराउन माग गरेको छ ।
२१ नोभेम्बर २०२५ मा नेपाल राजदूतावास लन्डनमा कार्यवाहक राजदूत विपिन दुवाडी र द्वितीय सचिव सन्जोग राईलाई भेटेर सीएनसीबीजीका अध्यक्ष थर्क रानाको नेतृत्वको प्रतिनिधिमण्डलले नागरिकताको निस्सा देखाएर बेलायतबाटै मतदान गर्न पाउनुपर्ने माग राखेको हो । प्रतिनिधिमण्डलले मतदानलगायत विषय समेटिएको ज्ञापनपत्र दूतावासमार्फत अन्तरम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
कार्यक्रममा अध्यक्ष रानाले राज्यले सुम्पेको गहन जिम्मेवारीप्रति कार्यवाहक राजदूत दुवाडीलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । सीएनसीबीजीले निरन्तर गोर्खा र निजका सन्ततिका लागि नेपाली नागरिकता ऐनको दफा १०(१) संशोधन गर्ने कुरा गरिरहेको उहाँले प्रस्ट्याउनुभएको थियो ।
‘संविधानत हामी गोर्खाहरू नेपाली नै हौँ । हाम्रो यो माग अन्तरिम नै भए पनि हालको नेपाल सरकारले पूरा गर्न सक्छ र गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य एवं वेब एडमिन कृष्णबहादुर थुलुङ राईले बेलायतमा बसोबास गर्ने गोर्खाहरूले आगामी राष्ट्रिय निर्वाचनमा आफ्नो नेपाली नागरिकताको निस्सा देखाएर बेलायतमै मतदान गर्न पाउने व्यवस्था दूतावासले मिलाउनुपर्नेमा जोड दिँदै ज्ञापनपत्र पढ्नुभएको थियो । त्यसपछि अध्यक्ष रानाले गोर्खाहरूको मागसहितको ज्ञापनपत्र दूतावासमार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पुर्याउन कार्यवाहक राजदूतलाई हस्तान्तरण गर्नुभयो ।
ज्ञापनपत्र बुझेपछि कावा राजदूतले आफूहरू पनि विदेशमा बस्ने युवालाई नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने खोजीमा रहेको बताउनुभयो । ‘नेपाल र बेलायतको इतिहास गोर्खाहरूको कारणले लामो समयदेखि पुलको रूपमा काम गरेको र सुमधुर रहेको छ । तपाईंहरूले आफ्नो जायज माग लिएर आउनु भएको छ,’ उहाँले भन्नुभयो, ‘यो माग नेपाल सरकारसँग जतिसक्दो छिटो पठाउँछु । ढुक्क हुनुहोस् यो मेरो दायित्वभित्र पर्दछ । तर कतिपय काम राजनीतिक क्षेत्राधिकारभित्र पर्छ त्यस्तो काम मैले गर्न नसकौँला तर मैले तपाईंहरूको चासो र मागलाई सम्बन्धित निकायमा पुर्याउँछु ।’
सीएनसीबीजीको प्रतिनिधि मण्डलमा अध्यक्ष रानासहित उपाध्यक्ष दलबहादुर बुढाथोकी, मिडिया सेक्रेटरी मोहन गुरुङ, वेबसाइट एड्मिन कृष्णकुमार थुलुङ राई, लाइफ मेम्बर सोभा राना, सिनियर सिटिजन ८७ वर्षीय पदमबहादुर थापामगरलगायत सहभागी हुनुहुन्थ्यो ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन