
लन्डन । तनहुँ समाज यूकेले व्यास नगरपालिका ११ निर्बु निवासी बुद्धिबहादुर गुरुङको मिर्गौलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगिरहेका गुरुङलाई दुई लाख ६० हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिनुभयो । उहाँका अनुसार समाजकी उपाध्यक्ष निर्मला थापाले शनिबार बुद्धिबहादुरको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
समाजले आफ्ना सहयोगी तथा शुभेच्छुकबाट सहयोग संकलन गरिएको जनाएको छ । अध्यक्ष सन्तबहादुर गुरुङले सहयोगका लागि शुभेच्छुकलाई धन्यवाद दिनुभयो ।
यूकेको विभिन्न सहरमा छरिएका तनहूँगेलाई एकीकृत गर्ने उद्देश्यले सन् २००८ मा स्थापित समाजले स्थापनाकालदेखि नै तनहुँको शिक्षा, स्वास्थ्य,खानेपानी,पर्यटन तथा कला संस्कृतिका क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’