
लन्डन । इङ्गल्याण्डमा हजारौँ आवासीय चिकित्सकहरूले उनीहरूलाई दिइने तलब र प्रशिक्षणको सुविधाबारे विमति राख्दै शुक्रबार पाँच दिने हडताल सुरु गरेका छन् ।
सन् २०२३ को मार्चपछि चिकित्सकहरूले पटक पटक गरी कुल १३ पटक आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ्ले आवासीय चिकित्सकहरूको हड्तालको निन्दा गर्नुभएको छ। उनीहरू परामर्शदाता स्तरभन्दा तल रहेका छन् र अस्पतालहरूको आधा चिकित्सा कार्यबल उनीहरूको रहेको छ।
स्ट्रिटिङले चिकित्सकहरूको युनियन, ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) को नेतृत्वलाई ‘हेरचाहको सट्टा टकराव रोजेको’ आरोप लगाउनुभयो ।
“यो हडताल अब निष्पक्षताको बारेमा होइन। यो राजनीतिक अडानको बारेमा हो,” उहाँलाई उद्धृत गर्दै दैनिक टेलिग्राफ पत्रिकाले लेखेको छ ।
“हामी वर्तमान् तलबमा अघि बढ्न सक्दैनौं र काम गर्दैनौँ । विशेष गरी पछिल्ला दुई वर्षमा सम्पूर्ण सार्वजनिक क्षेत्रमा उच्चतम तलब वृद्धि र विगत तीन वर्षमा उनीहरूको पनि २८.९ प्रतिशत तलब वृद्धि भएको छ।”
राज्य–वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को कामकाज बेलायतमा एक प्रमुख राजनीतिक मुद्दा हो, सङ्कटमा परेका लेबर प्रधानमन्त्री केइर स्टार्मरको सरकारले बिरामीहरूको लागि पर्खने समय कम गर्न दबाब दिइरहेको छ।
प्रतीक्षा सूची कम गर्ने एनएचएसको क्षमता आंशिक रूपमा आवासीय चिकित्सक र परामर्शदाता दुवैको बारम्बार औद्योगिक कार्यले प्रभावित भएको छ।
बिएमएको तर्क छ, “आवासीय चिकित्सकहरूले दुई दशकअघिको वास्तविक मूल्यमा उनीहरूको आम्दानीलाई पुनस्र्थापित गर्न २६ प्रतिशत तलब वृद्धि आवश्यक छ।”
युनियनले तालिम दरबन्दी बढाउन पनि माग गरिरहेको छ । परामर्शदाता बन्ने दिशामा आफ्नो जीवनवृत्तिमा प्रगति गर्नका लागि करिब ३० हजार चिकित्सकहरूले १० हजार प्रशिक्षण स्थानका लागि आवेदन दिइरहेका छन् ।
वर्षौंको तालिमपछि पनि धेरै चिकित्सकहरू स्थायी जागिरबाट वञ्चित बनिरहेका छन् ।
स्ट्रिटिङले भन्नुभयो, कुल १० हजार उपलब्ध पदहरूको लागि दुई तिहाइ आवेदनहरू विदेशमा प्रशिक्षित डाक्टरहरूबाट प्राप्त भएको र सरकारले तत्काल स्थिति सुधार गर्न काम भइरहेको छ।
“मैले गरिरहेको प्रयासमध्ये एक भनेको बेतुकापनको अन्त्य गर्नु हो जहाँ घरेलु प्रतिभाहरूले विदेशमा प्रशिक्षण लिएका व्यक्तिहरूको बिरूद्ध समान सर्तहरूमा समान प्रशिक्षण स्थानहरूको लागि प्रतिस्पर्धा गर्नु पर्छ,” उहाँले एलबीसी रेडियोसँग भन्नुभयो ।
“अहिलेको चुनौती कानुनी हो। म हेर्दैछु, म अझ छिटो गर्न सकिन्छ कि भनी हेरिरहेको छु।” उहाँले भन्नुभयो।
यो हडताल लामो समयदेखि जीवनयापनको लागतको सङ्कटको बीचमा आएको छ र यसले बेलायतको अर्थव्यवस्थामा हडतालहरू निम्त्याएको छ।
शिक्षक, नर्स, एम्बुलेन्स कर्मचारी, वकिल, रेल कामदार र सीमा कर्मचारीसहित समूहहरू विगत साढे तीन वर्षमा बाहिर निस्केका छन्।
यो महिनाको सुरुमा राजधानीको यातायात नेटवर्कलाई अस्तव्यस्त बनाएको ‘लन्डन अन्डरग्राउण्ड’को हड्तालपछि कामदारहरूले सेप्टेम्बरमा पाँच दिनपछि ३.४ प्रतिशत तलब वृद्धि स्वीकार गर्दै काममा फर्केका थिए ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी