
लन्डन । पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि २८ सेप्टेम्बर मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।
नरप्रसाद थाम्सुहाङ अध्यक्ष रहेको निर्वाचन समितिले आइतबार प्रकाशित गरेको निर्वाचन तालिका अनुसार २५ सेप्टेम्बर बिहान १० बजेदेखि २८ सेप्टेम्बर मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय उल्लेख छ । उम्मेदवारी फिर्ता लिने समय २८ सेप्टेम्बर दिनको साढे १२ बजेसम्म, उम्मेदवारको योग्यता छानबिन गरी सम्बन्धित उम्मेदवार योग्य भएको वा आवश्यक थप कागजात चाहिने विषयमा जानकारी सोही दिन दिउँसो १ बजेभित्र दिइने छ ।
मतदाता नामावली पाँचथर समाज सेवा युकेको केन्द्रीय कार्यसमिति उपलब्ध गराएअनुसार सार्वजनिक गरिने, पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशन यही २८ सेप्टेम्बर दिउँसो साढे १ बजेबाट बेलुकी ५ बजेसम्ममा अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा तोकिएको छ ।
उम्मेदवारी दर्ता गर्न चाहनेले [email protected] इमेलमार्फत पेस गरी ०७४५४०१९६९७ मा सम्पर्क गर्नुपर्ने र आवेदन दिँदा उपरोक्त उम्मेदवारको योग्यता सम्बन्धमा उल्लेख गरिएको कागजातहरु इमेलमार्फत अनिवार्य पेस गर्नुपर्ने छ । कागजातको हार्ड कपी २८ सेप्टेम्बर १२ बजेभित्र निर्वाचन समितिलाई पेस गरिसक्नु पर्ने पनि निर्वाचन तालिकामा उल्लेख छ ।
पाँचथर समाज सेवा यूके निर्वाचन समितिमा अध्यक्ष नरप्रसाद थाम्सुहाङ, सचिव छबि सेलिङ र धन काम्बाङ सदस्य रहनुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते