
काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री नियुक्त हुनुभएको छ ।
आन्दोलनकारी जेनजीसँगको परामर्शपछि प्रधानमन्त्री सुशीला कार्कीले आइतबार खनाल, घिसिङ र अर्याललाई नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीत्रयले सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र अर्याललाई गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिनुहुन्छ । जेनजी आन्दोलनपछि आन्दोलनको मागलाई निष्कर्षमा पुर्याउन अधिवक्ता अर्यालले भूमिका खेल्नुभएको छ ।
जेनजी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुनुभएको हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते