
लन्डन । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा कार्कीको नियुक्तिका सन्दर्भमा भनिएको छ, ‘गत साता दुःखद् रूपमा मानव जीवनको क्षति, घाइते र सम्पत्तिको नोक्सानी हुने गरी भएको घटनापछिको यो एउटा महत्त्वपूर्ण कदम हो ।’
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।
जेनजी समूहको सिफारिसमा कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । निवर्तमान केपी शर्मा ओलीले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि २३ भदौमा जेनजी समूहले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए । बानेश्वरमा प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीले बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाए । सरकारी दमनको विरोधमा २४ गतेको आन्दोलन हिंसात्मक बनेपछि देशका महत्वपूर्ण क्षेत्रमा रहेका भौतिक संरचनासहित नेताहरुका घर र व्यापारिक भवनहरुमा क्षति पुर्याइएपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य हुनुभएको थियो ।
देश नेतृत्वविहीन भइरहेकोमा जेनजीको माग अनुसार प्रतिनिधिसभा विघटन र गैरदलीय सरकार निर्माणको माग शुक्रबार पूरा भएको हो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला