
लन्डन । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा कार्कीको नियुक्तिका सन्दर्भमा भनिएको छ, ‘गत साता दुःखद् रूपमा मानव जीवनको क्षति, घाइते र सम्पत्तिको नोक्सानी हुने गरी भएको घटनापछिको यो एउटा महत्त्वपूर्ण कदम हो ।’
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।
जेनजी समूहको सिफारिसमा कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । निवर्तमान केपी शर्मा ओलीले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि २३ भदौमा जेनजी समूहले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए । बानेश्वरमा प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीले बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाए । सरकारी दमनको विरोधमा २४ गतेको आन्दोलन हिंसात्मक बनेपछि देशका महत्वपूर्ण क्षेत्रमा रहेका भौतिक संरचनासहित नेताहरुका घर र व्यापारिक भवनहरुमा क्षति पुर्याइएपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य हुनुभएको थियो ।
देश नेतृत्वविहीन भइरहेकोमा जेनजीको माग अनुसार प्रतिनिधिसभा विघटन र गैरदलीय सरकार निर्माणको माग शुक्रबार पूरा भएको हो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा