
काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।
त्यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरिएको थियो । कार्की शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ पनि लिनु भयो ।
संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेकपा एमालेबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरुद्धमा जेनजीले भदौ २३ गते आन्दोलन गरेको थियो । भ्रष्टाचार अन्त्यको समेत माग लिएर भएको आन्दोलनमाथि सरकारले फेरि दमन गर्दा सोही दिन १९ जना युवायुवतीले ज्यान गुमाए । २४ गते सिंहदरबार, संघीय संसद्, अदालतलगायत अर्बौंको भौतिक संरचनामा तोडफोड र आगजनी भयो ।
आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन बाध्य हुनुभयो । सोही राति १० बजेदेखि नेपाली सेना परिचालन गर्दै देशको सुरक्षाको जिम्मा सुरक्षा निकायले आफ्नो हातमा लिएको हो । सेनाले निषेधाज्ञा र कर्फ्युलाई परिस्थिति अनुसार खुकुलो बनाउँदै शनिबारबाट हटाइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते