
लन्डन । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।
अध्यक्ष डा. बद्री केसीले १० सेप्टेम्बरमा प्रेस विज्ञप्ति जारी गर्नुहुँदै जेनजीको आन्दोलनबाट उत्पन्न संकटका कारण संघको महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको जानकारी दिनुभएको हो । ‘संकटको यस घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित एकबद्ध भई अघि बढ्न संघ आह्वान गर्दछ।
यसै सन्दर्भमा, २०२५ को अक्टोबर ११–१४ का लागि तय गरिएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन सबै पक्षलाई अनुरोध गर्दछौं।’
अध्यक्ष केसीले मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशिघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारहरु हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न संघ आग्रह गर्नुभएको छ ।

बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला