
लन्डन । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।
अध्यक्ष डा. बद्री केसीले १० सेप्टेम्बरमा प्रेस विज्ञप्ति जारी गर्नुहुँदै जेनजीको आन्दोलनबाट उत्पन्न संकटका कारण संघको महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको जानकारी दिनुभएको हो । ‘संकटको यस घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित एकबद्ध भई अघि बढ्न संघ आह्वान गर्दछ।
यसै सन्दर्भमा, २०२५ को अक्टोबर ११–१४ का लागि तय गरिएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन सबै पक्षलाई अनुरोध गर्दछौं।’
अध्यक्ष केसीले मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशिघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारहरु हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न संघ आग्रह गर्नुभएको छ ।

बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा