
काठमाडौँ ।’जेन जेड’को नाममा सोमबार भएको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखक र कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिनुभएको छ ।
चौतर्फी आलोचनापछि गृहमन्त्री लेखकले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुभएको हो । यस्तै मंगलबार कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदबाट राजीनामा दिनुभएको छ । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिनुभएको हो ।
यसैबीच ‘जेनजी’को नाममा भइरहेको प्रदर्शन मंगलबार थप चर्किएको छ । काठमाडौं उपत्यकासहित नेपालका विभिन्न जिल्लामा आन्दोलन चर्किएको हो। मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामादेखि विभिन्न माग गरिरहेका छन् । आक्रोशित भिडले मन्त्री र नेताका घरघरमा आगजनी र तोडफोड गरेका छन् । ढोलाहिटीस्थित संचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरबाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार मन्त्री गुरुङको घरबाहिर नारावाजी चलीरहेको छ । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताएका छन् । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेको छ । भक्तपुर लगायत जिल्लामा कर्फ्यु र निशेधाज्ञा जारी गरिएको छ ।
काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ । जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो । उपत्यकाका तीनै जिल्ल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गर्नुभएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो