
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् । महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन् । यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन् ।
महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते