
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनुभएको छ । आइतबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा दिनुभएको हो ।
पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किनुभएको छ । भोलि प्रदेश प्रमुख हेटौँडा आएपछि उहाँलाई नै राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिनुभयो ।
यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न गर्नुभएकाले आफूले राजीनामा दिन लागेको बताउनुभयो । उहाँले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्रीका रुपमा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गर्दै मुख्यमन्त्री लामाले तहगत सरकार र प्रदेशसभामा प्रतिनिधत्व गर्ने सबै दलसँग प्रभावकारी समन्वयमार्फत प्रदेशवासीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशातर्फ सरकार उन्मुख रहेको उल्लेख गर्नुभयो । गत वर्षको बाढी र पहिरोबाट सिर्जित विपद्को सामना र पुनर्निर्माणमा सीमित स्रोत र साधनको बाबजुद प्रदेशको बलियो उपस्थिति जनाएको उहाँको जिकिर थियो ।
आफूले इमान्दारितापूर्वक काम गरे पनि प्रदेश सरकार अचानक ढाल्ने प्रपञ्चले स्थिरता र स्थायित्वको प्रतिबद्धतामाथि प्रश्न उठेका मुख्यमन्त्री लामाको भनाइ छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते