
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनुभएको छ । आइतबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा दिनुभएको हो ।
पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किनुभएको छ । भोलि प्रदेश प्रमुख हेटौँडा आएपछि उहाँलाई नै राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिनुभयो ।
यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न गर्नुभएकाले आफूले राजीनामा दिन लागेको बताउनुभयो । उहाँले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्रीका रुपमा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गर्दै मुख्यमन्त्री लामाले तहगत सरकार र प्रदेशसभामा प्रतिनिधत्व गर्ने सबै दलसँग प्रभावकारी समन्वयमार्फत प्रदेशवासीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशातर्फ सरकार उन्मुख रहेको उल्लेख गर्नुभयो । गत वर्षको बाढी र पहिरोबाट सिर्जित विपद्को सामना र पुनर्निर्माणमा सीमित स्रोत र साधनको बाबजुद प्रदेशको बलियो उपस्थिति जनाएको उहाँको जिकिर थियो ।
आफूले इमान्दारितापूर्वक काम गरे पनि प्रदेश सरकार अचानक ढाल्ने प्रपञ्चले स्थिरता र स्थायित्वको प्रतिबद्धतामाथि प्रश्न उठेका मुख्यमन्त्री लामाको भनाइ छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश