
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरद्वारा प्रदान गरिँदै आएको ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०८१’ का लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिहरूको सूची सार्वजनिक गरिएको छ ।
समाजद्वारा गठित निर्णायक समितिले विस्तृत मूल्यांकनपछि छानिएका १० उत्कृष्ट पुस्तकहरूको सूची बिहीबार सार्वजनिक गरेको हो । अब तीमध्ये एक कृतिलाई अगस्ट ५ मा अन्तिम विजेता घोषणा गरिने जनाइएको छ ।
विजेता घोषणा भइसकेपछी आगामी अगस्ट ९ तारिख लन्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ती कार्यक्रमका अवसरमा पुरस्कृत गरिने जानकारी पुरस्कार समितिका संयोजक रुपक श्रेष्ठले जानकारी दिनुभयो ।
सूचीमा समावेश कृतिहरू यस प्रकार छन्:
१. श्रीधर खनाल – सावर्णि (उपन्यास)
२. ठाकुर बेलवासे – छोटहरुको उत्सव (कवितासंग्रह)
३. जीत बुढाथोकी छन्त्याल – यानीमाया (मुक्तकसंग्रह)
४. लालगोपाल सुवेदी – अति प्रतीत्य समुत्पाद–शून्य शून्य महाशून्य (कवितासंग्रह)
५. सूर्य खड्का विखर्ची – अर्जुन–उलूपी (खण्डकाव्य)
६. डा. राजकुमार छेत्री – अक्षरका आयाम (भूमिका संग्रह)
७. सुमन थापा ‘संगम’ – अभ्युदय (कवितासंग्रह)
८. सबी श्रेष्ठ – अपरिभाषित आभा (मुक्तकसंग्रह)
९. खगेन्द्र गिरी ‘कोपिला’ – पर्जन्य मास (नियात्रासंग्रह)
१०. विजय हितान – मलाई आर्यघाट लगेर नजलाउनू (कवितासंग्रह)

लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री