
लन्डन । एनआरएनए यूकेले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ ।
‘उज्यालो नेपाल’ अभियानसहित अमेरिकाबाट लन्डन आउन लाग्नुभएका घिसिङसँग आगामी १५ अगस्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा भेटघाट कार्यक्रम हुने एनआरएनए यूकेले जनाएको छ । उहाँलाई पाइपर धुनका साथ स्वागत गरेर नागरिक अभिनन्दन गरिने छ ।
अध्यक्ष प्रेम गाहामगरले घिसिङसँग साक्षात्कार गर्न बेलायतस्थित नेपाली समुदाय निकै उत्साहित भएको बताउनुभएको छ । ‘अहिले नै नेपाली संघसंस्थाले २२ वटा टेबल बुक गरिसक्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘हामी ठूला संघसंस्थाहरु र व्यक्तिलाई समेत आमन्त्रण गर्दछौँ । किनकि उज्यालोका प्रतीक र देशलाई केही गर्छु भन्ने निस्वार्थ भावना भएका व्यक्ति कुलमानसँग साक्षात्कारको अवसर फेरि नआउन सक्छ ।’
टेबलमै अनलिमिटेड ड्रिंक्स, थ्री कोर्स मील अनि मोना यूके युथको कल्चरल टिमबाट ननस्टप सांस्कृतिक प्रस्तुतिले कार्यक्रम बेजोड हुने एनआरएनए यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले दाबी गर्नुभयो । उहाँका अनुसार अन्तरक्रियापछि मोना यूकेले निरन्तर मनोरन्जन प्रदान गर्नेछ ।
उहाँले बेलायतवासी समस्त नेपाली र विशेषगरी भूतपूर्व गोर्खाहरुलाई कार्यक्रममा आउन अपिल गर्नुभयो । उक्त कार्यक्रमको प्रमुख संयोजक उपाध्यक्ष तीर्थबहादुर मल्ल (अनिल) रहनुभएको छ । घिसिङ ११ अगस्टमा लन्डन आउनुहुने कार्यक्रम छ ।
नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला घिसिङले नेतृत्व सम्हाल्दै लोडसेडिङ मुक्त बनाउनुभएपछि उहाँको चर्चा चलिरहेको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला