
लण्डन । मगर संघ यूके पश्चिम लण्डन शाखामा नयाँ कार्यसमिति चयन भएको छ ।
पश्चिम लण्डनस्थित पिटर वे हेज हलमा शनिबार १९ जुलाईमा भएको शाखाको छैटौं अधिवेशनले लोक थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका बोम थापा सूर्यवंशी मगरले दिनुभएको जानकारी अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा लोक थापा मगर, उपाध्यक्ष ज्ञान बहादुर थापा मगर, महिला उपाध्यक्ष मैयाँ राना मगर, सचिव प्रसन थापा मगर, सहसचिव नवीन पुन मगर, कोषाध्यक्ष पीताम्बर राना मगर र सहकोषाध्यक्षमा आरती थापा मगर चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा विमला पुन मगर, तोमी थापा गर्बुजा मगर, मीन थापा मगर, पार्वती पुन मगर, सूर्यवंशी मगर, पूर्णमाया पुन मगर, सुमी राना मगर र चन्द्र रोका मगर चयन हुनुभएको छ ।
नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा नेतृत्व हस्तान्तारण शनिबार नै सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि टेक राना मगर, बोम थापा सूर्यवंशी मगर र गणेश राना मगर रहेको निर्वाचित समिति थियो ।
अधिवेशनमा मगर संघ यूकेका कोषाध्यक्ष मोहन थापा मगर, क्याप्टेन कृष्ण पुन मगर, छविलाल खोर्जा मगर, तेज शेरपुन्जा मगर लगायत संघका सल्लाहकार तथा सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला