
लन्डन । धादिङ नुवाकोट समाज यूकेको समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा हन्स्लो लन्डनमा भेटघाट कार्यक्रम भएको हो । प्रमुख अतिथि लामा र अध्यक्ष पाख्रिनले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुएको थियो ।
मुख्यमन्त्री लामाले बेलायतमा बसोबास गर्ने धादिङ र नुवाकोटवासी सबैलाई गोलबद्ध गरेर दुःख सुःखमा साथ दिने संस्थाको काम प्रशंसनीय रहेको बताउनुभयो । समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) ले मुख्यमन्त्रीको उपस्थितिले सबैलाई गौरव तुल्याएको बताउनुभयो ।
कार्यक्रममा स्वर्ण पदक विजेता अन्तर्राष्ट्रिय मार्सल आर्टस खेलाडी सरिना घलेलाई सम्मान गरिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामा, समाजका अध्यक्ष धन पाख्रिन, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले सम्मान प्रदान गर्नुभएको हो ।
त्यस्तै बेलायती विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई अवार्ड, नेपालबाट आएका राष्ट्रिय कलाकारहरु देवी घर्ती, पवित्रा गुरुङ र लक्ष्मी खड्का, यूकेका कुमार योन्जनसहित स्थानीय कलाकारहरु तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको समाजका अध्यक्ष तामाङले बताउनुभयो ।
उपाध्यक्ष मोतिमान बज्राचार्यले स्वागत मन्तव्य र उपाध्यक्ष गोल बहादुर तामाङले ‘हेल्थ एण्ड सेफ्टी’ जानकारी गराएको कार्यक्रम महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गर्नुभएको थियो ।
सांस्कृतिक सचिव कृष्ण पाख्रिनले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा लोकदोहोरी गायिका देवी घर्तीमगर, पवित्रा गुरुङ र लक्ष्मी खड्का एवं लन्डनवासी गायक कुमार योन्जनले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । सोनी गुरुङ, सविना गुरुङ, सुमिना तामाङ, इशानी घले, प्रशंसा गुरुङ र स्मृति थापाले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
सोही दिन भएको डीएनएस फुटबल कप-२०२५ मा तामाङ समाज यूके च्याम्पियन बन्यो । विजेता टिमलाई ३०० पाउण्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा नेपलिज ब्रर्दस दोस्रो र बीजीएफसी तेस्रो भए ।
कार्यक्रममा राफल ड्र पनि खेलाइएको थियो । कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधि, धादिङ तथा नुवाकोटबाट बेलायत आएकाहरुको बाक्लो उपस्थिति थियो ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल