
लन्डन । बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ ।
सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो । यो बेलायतमा यो सरकारको पालामा भएका थुप्रै योजनाबद्ध परिवर्तनहरूमध्ये एक हो । यद्यपि, आलोचकहरूले यो निर्णयलाई सङ्केत गर्दै बेलायतको लोकतन्त्र ‘सङ्कटमा’ रहेको तर्क गरेका छन् ।
मतदानको उमेर परिवर्तन विवादास्पद छ । तथापि, आलोचकहरूले नयाँ–मताधिकार प्राप्त किशोरहरूले लेबर पार्टीलार्ई समर्थन गर्ने सम्भावना बढी हुने बताएका छन् । प्रधानमन्त्री केइर स्टार्मरले भन्नुभयो, “उनीहरू काम गर्न बाहिर जानको लागि योग्य छन् कर तिर्न योग्य छन् त्यसैले उनीहरूले कर भुक्तान गर्छन् । मलाई लाग्छ, १६÷१७ वर्षका किशोरकिशोरीले मतदान गर्न पाउनु स्वभाविक हुन्छ। “
स्टार्मरले भन्नुभयो, “मेरो विचारमा यदि कसैले कर तिर्छ भने उसले आफ्नो पैसा केमा खर्च गर्न चाहन्छ र सरकार कुन दिशामा जानुपर्छ भन्ने कुरा बताउने अवसर पाउनुपर्छ।”
यो घोषणा कार्यान्वयनमा लानका लागि सरकारले संसद्बाट कानुनी प्रावधान ल्याउनुपर्छ । अहिलेको सरकारसँग कानुन परिवर्तनका लागिसहज बहुमत छ । अनलाइन तथ्याङ्कका अनुसार विश्वमा थोरै देशहरूले मात्र १६ वर्षका किशोरकिशोरीलाई राष्ट्रिय चुनावमा मतदान गर्न अनुमति दिन्छन्।
यसपहिले इयू सदस्य राष्ट्रअष्ट्रियाले सन् २००७ मा मतदानको उमेर १६ वर्ष बनाएको थियो । यो १६ बर्षमा मताधिकार दिने इयूको पहिलो राष्ट्र हो । यसबाहेक अर्जेन्टिना, ब्राजिल, इक्वेडर र क्युबाले पनि यो अभ्यास गर्दै आएका छन् ।
स्कटल्यान्ड र वेल्समा क्षेत्रीय संसद्को निर्वाचनका लागि विद्यमान मतदान उमेरसँग आम निर्वाचनलाई जोड दिँदै लेबर मन्त्रीहरूले यो परिवर्तन ‘बेलायतको लोकतन्त्रको आधुनिकीकरण’ गर्ने उद्देश्यले गरिएको बताएका छन् ।
यसपहिले अष्ट्रेलिया र क्यानाडामा प्रयोग भइरहेको स्वचालित मतदाता दर्ता लागू गर्ने प्रावधान सरकारले अघि सारेका अन्य योजनाबद्ध परिवर्तनहरू हुन् । बेलायतद्वारा जारी गरिएको बैंक कार्डहरू मतदान केन्द्रहरूमा आईडीको एक स्वीकृत फारम बनाउने पनि सरकारले नयाँ योजनामा ल्याएको छ ।
पूर्ववर्ती कन्जरभेटिभ सरकारले ल्याएको चुनावी कानुनमा गरिएको परिवर्तनपछि मतदाताले फोटो आइडी देखाउनुपर्ने व्यवस्था थियो । निर्वाचन आयोगका अनुसार गत वर्षको निर्वाचनमा करिब सात लाख ५० हजार मतदाताले मतदान गरेका थिएनन् ।
इन्स्टिच्युट फर पब्लिक पोलिसी रिसर्च थिङ्क ट्याङ्कका कार्यकारी निर्देशक ह्यारी क्विल्टर–पिनरले सन् १९६९ पछिको बेलायतको निर्वाचन प्रणालीमा भएको यो सबैभन्दा ठूलो सुधार भएको बताउनुभएको छ ।
उहाँले मतदानको उमेर घटाउने र स्वचालित मतदाता दर्ता लागू गर्दा मतदाता नामावलीमा ९५ लाखभन्दा बढी व्यक्ति थपिने बताउनुभयो । “हाम्रो लोकतन्त्र सङ्कटमा छ, र हामी यस्तो बिन्दुमा पुग्ने खतरा छ जहाँ राजनीतिले आफ्नो वैधता गुमाउँछ,“ उहाँले परिवर्तनको समर्थन गर्दै भन्नुभयो ।
प्रमुख कन्जरभेटिभ विपक्षीले लेबर पार्टीले १६ र १७ वर्षका युवाले अझै पनि चुनावी उम्मेदवारका रूपमा उभिन, चिट्ठाको टिकट वा रक्सी किन्न वा विवाह गर्न नसक्ने दावी गरेको छ ।
“यो लेबर पार्टीको निर्लज्ज प्रयास हो, जसको अलोकप्रियताले उनीहरूलाई परामर्श बिना नै ठूलो संवैधानिक परिवर्तन गर्न तर्साइरहेको छ,” पार्टीका समुदायका प्रवक्ता पल होम्सले भन्नुभयो ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल