
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति यूकेको अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले बुधबार सार्वजनिक अन्तिम नामावलीअनुसार अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेलबीच प्रतिस्पर्धा हुने भएको हो । खुला उपाध्यक्षमा पनि उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी कायम भएको छ । दुई जना निर्वाचित हुने यस पदमा डा.रक्षा थापा, तिलकराम भट्टराई, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले उम्मेदवार हुनुहुन्छ ।
आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म भएको मनोनयन दर्ता भएको थियो । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि २६ जुलाईमा अनलाइनमार्फत मतदान हुँदैछ ।





बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला