
लन्डन । खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक गरिएको छ ।
लन्डनको सडबरीमा आयोजित कार्यक्रममा लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै लेखक गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताउनुभयो । अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गर्नुभयो । लेखक सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राख्नुभयो ।
‘माया पब्लिकेशन’ काठमाडौंले प्रकाशित गरेको कवितासङ्ग्रहमा ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आउनुभएको छ । यसअघि उहाँको गीति–कविता ‘ब्लु–नोट’ प्रकाशित छ । ‘नेपाली बुक्स युके’ तथा ‘साहित्य–संगालो युके’को संयुक्त आयोजनामा भएको कार्यक्रममा युकेमा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान