
लन्डन । बेलायतवासी नेपाली समुदायको आकर्षक कार्यक्रममध्येको एक गोर्खाकपको अन्तिम चरणको तयारी भइरहेको छ । तमुधीं यूकेको आयोजनामा आइतबार २५ मेमा क्वीन्स एभिन्यू खेलकुद मैदानमा हुने गोर्खा कपको तयारी धमाधम चलिरहेको आयोजकले जनाएको छ । तीनदिनअघि देखि नै खेलकुद मैदानमा खटिँदै आएको आयोजक आज शनिबार भने बाक्लो संख्यामा ओइरिएको छ ।
तमुधीं यूकेले मैदानमा बारबेर गर्ने, मार्किङ गर्ने, अतिथिको लागि बस्ने ठाउँ, मञ्च तयारीलगायत काम भइरहेको जनाएको छ । शनिबार तमुधीं यूकेका पदाधिकारी, सदस्यहरु र शुभचिन्तक गरी दुई सयभन्दा बढी मैदानमा खटिइरहेका छन् । तमुधीं यूकेको लोगो अंकित एकै रङ र किसिमका ट्र्याकसुट लगाएर आमा समूहसहितका आयोजक टोली तयारीमा जुटेको छ ।
खाजा, खाना मैदानमै व्यवस्था गरिएको छ । जहाँ नेपालबाट आएका कलाकारहरुसमेत सहभागी छन् । २३ औं संस्करणको यसपटकको गोर्खाकप आइतबार बिहान ८ देखि साँझ ८ बजेसम्म हुने जनाइएको छ ।

तस्बिर : तमुधीं यूके फेसबुकबाट
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ