
लन्डन । पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार’का लागि जेठ महिनाभित्र कृति दर्ता आह्वान गरेको छ । कोषका अध्यक्ष नरेश काङमाङ राईले सोमबार सूचना जारी गर्दै दर्ता आह्वान गर्नुभएको हो ।
‘२०८१ वैशाखदेखि चैतसम्म प्रकाशित भएका कृतिहरू पहिचान पुरस्कारका लागि पहिचान पुरस्कार कोषमा २०८२ जेठभित्रमा दर्ता गराइदिन हुनका लागि यो सूचना प्रकाशित गर्दछौँ,” सूचनामा भनिएको छ । कोषले यसबाट २०८२ सालका लागि पहिचान सम्मान गर्ने राईले जनाउनुभएको छ । ‘२०८१ सालका लागि पहिचान सम्मान गरिने भएकाले यस वर्ष कोषमा दर्ता भएका कृतिहरूलाई २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूसँगै उत्कृष्ट कृति छनोट गरी पुरस्कार प्रदान गरिनेछ,’ उक्त सूचनामा भनिएको छ ।
गत वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे !’ ले प्राप्त गरेको थियो । पुरस्कारको राशि ४ लाख २ हजार २०२ रुपैयाँ रहेको छ । कोषको स्थापना २०७२ सालमा भएको हो ।

स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने