
लन्डन । बेलायतमा २६ अप्रिल शनिबार आयोजित यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा चुम्लुङ्देन मेडस्टोनमा भएको प्रतियोगितामा फार्नबोरो इलाइटलाई १-० अन्तरको गोलले पराजित गर्दै एफसी केन्टले उपाधिमाथि कब्जा जमाएको हो । विजेता टिमलाई यलम्बरहाङ कप, एक हजार पाउण्ड नगद र ट्रफी प्रदान गरियो । फार्नबोरो रनरअप इलाइटले ५ सय पाउन्ड, ट्रफी प्राप्त गर्यो ।
किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, प्रमुख अतिथी पूर्वमन्त्री विजयप्रकाश थेबे, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा मेन, भेट्रान र सुपर भेट्रान गरी कुल ३२ टिम प्रतिस्पर्धी थिए । भेट्रान समूहतर्फ धरान ११ विनर र केवाईसी यूके वारवीकसायर रनरअप बने भने सुपर भेट्रान समूहमा इलाम एफसी विजेता र मेडस्टोन गोर्खा फुटबल क्लब रनरअप भए ।
प्रतियोगिता हेर्न तमुधी यूकेका सल्लाहकार एकेन्द्र गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, नेपाल पत्रकार महासङ्घ यूकेका अध्यक्ष बिमला सेने, एन आरएन आइसीसी सदस्य लिला सेलिङ माबो लिम्बूलगायत उपस्थित थिए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?