
लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले बर्सेनि आयोजना गर्दै आएको यलम्बरहाङ कपको १६ औं संस्करण शनिबार हुँदै छ ।
केवाईसी यूके चुम्लुङदेनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म हुने नाइन-ए साइड फुटबल टुर्नामेन्टमा यस पटक ३२ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । मेन तीन टिम, भेटेरेन र सुपर भेटेरेन गरी ३२ टीम छन् । आयोजकले बिहीबार अल्डरसटमा पत्रकार सम्मेलनका क्रममा टिम ड्र गराएको थियो ।
टिम ड्रका लागि किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, टुर्नामेन्ट संयोजक उपाध्यक्षद्वय शान्त हुक्पा चोङ्बाङ, दिपेन्द्र याक्सो र सचिव महेश वनेम तथा पूर्वमहासचिव जुरेन्द्र खजुम उपस्थित हुनुहुन्थ्यो । टुर्नामेन्ट सहसंयोजकहरुमा उपाध्यक्ष राजेन लाबुङ र कोषाध्यक्ष खगेन्द्र लावती रहनुभएको छ ।
विभिन्न क्याटगोरीका विजेता र रनरअपले ट्रफीसहित नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । मेन टीमका विजेताले १ हजार पाउन्ड र रनरअपले ५ सय पाउन्ड, भेट्रान र सिनियर भेट्रान टिमका विजेता, उपविजेताले क्रमश: ६/६ सय र ३/३ सय पाउन्ड पुरस्कार हात पार्ने छन् । यस्तै महिला टीमका विजेताले १५० र उपविजेताले १०० पाउन्डसहित ट्रफी पुरस्कार पाउनेछन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने