
लन्डन । नेपाली पर्या साहित्य प्रतिष्ठानद्वारा आयोजित पर्यावरण निबन्ध प्रतियोगितामा बेलायतसहित विभिन्न देशहरुबाट प्राप्त १०८ निबन्धमध्ये उत्कृष्ट ३२ निबन्ध छनोट भएका छन् ।
बेलायत, नेपालसहित भारत, कतार, अमेरिका, चीन, अष्ट्रेलिया, साइप्रस, फिनल्याण्ड, जापानबाट प्राप्त निबन्धहरूबाट उत्कृष्ट छनोट गरिएको हो । निर्णायक मण्डलमा डा. गीता त्रिपाठी, भूपिन र महेश पौड्याल रहनुभएको थियो । प्रतियोगिताको घोषणा २०८१ मंसिर १४ मा गरिएको थियो ।
उत्कृष्टमध्येमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट ३२ निबन्धहरूको संग्रह साहित्यपोस्टमार्फत प्रकाशित हुनेछ भने अन्य २९ निबन्धकारलाई जनही २ हजार सम्मानस्वरूप प्रदान गरिनेछ ।
सुरुमा २० निबन्धमात्रै संग्रहमा समावेश गर्ने भनिए पनि प्राप्त निबन्धहरूको उच्च गुणस्तरलाई मध्यनजर गर्दै यो संख्या ३२ पुर्याइएको संयोजक विजय हितानले जानकारी दिनुभयो । उहाँले विजेताहरूको घोषणा र निबन्धसंग्रहको लोकार्पण २०८२ जेठ १७ गते काठमाडौंस्थित प्रज्ञा भवनमा हुने १०औं वातावरण साहित्य गोष्ठीमा गरिने बताउनुभयो ।
यी हुन् उत्कृष्ट ३२ निबन्ध
रोगी नबनाई राख्नुपर्छ – अनिता पन्थी
त्यसपछि चराहरू हराउनेछन् – अनिता न्यौपाने
अँध्यारोको खोजिमा – अनिता कोइराला
बाह्र वर्षपछि पनि खोला फर्किएन भने – ऋतेश गुरुङ
वनस्पतय शान्ति, पृथ्वी शान्ति – कुमार काफ्ले
अब बाग्मती फेरि हाँस्छ – कुमुद श्रेष्ठ
प्रदूषणस् वर्तमान र भविष्य – कुञ्ज देवी उपाध्याय
विकासस् प्राप्तिको श्रृङ्खला र पस्चात्तापको पुनर्बोध – गोविन्द गोपाल खतिवडा
पाले उम्रपालिको लोकमा – जेएन दाहाल
बालसखाहरू गुमाउँदाको पीडा – तारानिधि भट्टराई
साँखाम चुलि, गिद्ध र टेम्के – दिलिप बान्तावा
माटोको छातिमा आमाको अनुहार – दीपिन सिजापति
साझा घरको माया – दीपकप्रसाद ढकाल
मेरो अँधेरी खोला – दुर्गा कुमारी थापा
असमको नेपाली पर्यावरण साहित्य र चेतनशील प्रवृत्तिको खोजी – नारायण शर्मा अधिकारी
सात्ताले – नुमेश घर्ती मगर
अकाल मृत्युबाट बाँचेको वरपिपल – पुरुषोत्तम उपाध्याय दाहाल
महिला र प्रकृतिको तादात्म्यता – प्रभा बराल
वातावरणीय विचलन कि रूपान्तरणरु – बोम बहादुर थापा
प्रलयको आधिबेहरी – भवानी खतिवडा
सिमगाडको मुहानतिर – भेषराज बुढाथोकी
प्रकृतिस् अनुपम अस्तित्व सौगात – रमेश भट्टराई ‘सहृदयी’
रातो बत्ती – राजु अधिकारी
जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्य – राजेन्द्रमान डङ्गोल
प्रकृति र मानिस – रुपसिङ भण्डारी
माफिनामा – रुपा थापा
हिमानी आलोकको तेजोवध – रोशन आपगाईं
रहौँला कहाँ, हिमालै नरहेरु – लक्ष्मण वियोगी
प्रकृतिमा बाँदर र मानिसको सहअस्तित्व – विश्वनाथ रिजाल
प्रिय जन्मभूमि – सरिता घिमिरे
स्वच्छ पर्यावरण, समृद्ध जीवन – सोनिया कटवाल
प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किनरु – हरिबोल काफ्ले
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने