
काठमाडौँ । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा १–० को अग्रता बनाएको छ ।
अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १७० रनमा समेटियो । नेपालका लागि ओपनर निरजकुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले भने सन्तोष यादवले ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए । त्यस्तै अशोक धामीले २४, अभिषेक तिवारीले १७ तथा कप्तान नरेन भट्टले १३ रन जोडे ।
नेपाललाई १७० रनमा समेट्नेक्रममा अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान दुई/दुई विकेट लिए । त्यस्तै अब्दुल अजिज, नोरिस्तानि उमजाईं र नजिफुल्लाह अमिरिले समान एक ÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा ९ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी खालिद अहमदजाईले १०७ बलमा ६ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक/एक विकेट लिए । नेपाल र अफगानिस्तान यु १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । जसअन्तर्गत छनोटअघि दुवै टोलीले तीन खेलको अभ्यास शृङ्खला खेल्न लागेका हुन् । अब उक्त शृङ्खलाको दोस्रो खेल यही चैत २४ गते हुनेछ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?