
काठमाडौँ । काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । “प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।” झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उहाँले उल्लेख गर्नुभयो ।
प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?